Logo
१६ भदौ २०८३, मंगलबार

गुडिरहेको कारका आगो लाग्यो, पाँच जनाको निधन

अक्षरपाटी
२०८३ वैशाख १७ , बिहीबार १०:०४ मा प्रकाशित

एजेन्सी। राजस्थानको अलवर जिल्लामा गुडिरहेको कारमा आगो लाग्दा पाँच जनाको मृत्यु भएको छ।

भारतीय मिडियाका अनुसार अलवरको लक्ष्मणगढ इलाकामा एक कारमा आगो लागेको हाे। गुडिरहेको कारमा आगो लाग्दा त्यसमा सवार पाँच जनाको जलेर मृत्यु भएको छ।

यो दुर्घटना दिल्ली-मु‌बई एक्सप्रेस-वेमा बुधबार अबेर राति भएकाे समाचारमा उल्लेख छ।

स्थानीयका अनुसार चालकले भने मुस्किलले आफ्नो ज्यान जोगाएका छन्। मध्य प्रेदेशको श्योपुर जिल्लाका उनीहरु वैष्णाेदेवीको दर्शन गरेर फर्किरहेको बताइएको छ। मृतकहरुको परिचल भने खुलेको छैन।

तस्विर: जागरण

आगलागि

ट्रेन्डिङ ( साप्ताहिक )