Logo
१९ वैशाख २०८३, शनिबार

मेराे राम खाेई अचेल ?

अक्षरपाटी
२०८३ वैशाख १९ , शनिबार ०१:०५ मा प्रकाशित

० जनकराज जोशी

हर पाइलामा रावण
घरघरमा जानकी
तर, राम कतै छैनन् अचेल …!
कति ठूलाे शब्द छ वनवास
मात्रै
मात्रै, सीताले बुझ्छिन्

सीता !
हर घरमा, हरेक अफिसमा,
हरेक काममा, हरेक ठाउँमा
हरेक माइतमा
हरेक ससुरालमा
सबैका बीचमा
कयाैँ वनवास काट्छिन्
अचेल सीता…।

तर,
तर, राम कतै छैनन् अचेल …
कैयौं काैशल्याहरु, कैयौं उर्मिलाहरु
कैयौं शबरीहरु र कैयौं अशिल्याहरु
आफ्ना आफ्ना रामका लागि प्रतीक्षारत छन
तर, राम कतै छैनन् अचेल …।

अचेल,
‘हनुमान’ले साथ दिन्नन्
‘विभीषण’ ले धाेका दिन्छन
‘केवट’ले डुङ्गा तार्दैनन्
‘भरत’ छल गर्छन्
तर, राम कतै छैनन् अचेल …।

सीता नै सरयू, सीता नै अयाेध्या
उही दियाे, उही बाती र उही तेल
उही जलिरने, त्यही नै दिपावली
तर, राम कतै छैनन् अचेल …।

ठगीरहन्छिन सीता
कहिले कैयौं मंधराहरुबाट,
कहिले कैयौं कैयेयीहरुबाट,

कहिले कहिले त
आफ्नै रामबाट पनि !
किनकि
सबै सीताका राम
राम हुँदैनन्,
हो, राम कतै छैनन् अचेल …

(कवि : कैलाली हस्पिटलका अध्यक्ष हुन्)

रचना स्थल : २०८२/१२/१३ – साकेत, नई दिल्ली

कविता जनकराज जोशी
यो पनि हेर्नुहोस् : उम्लिरहेका मेरा शब्दहरु

ट्रेन्डिङ ( साप्ताहिक )