



काठमाडौं । नयाँ सरकारले सबै राजनीतिक नियुक्ति खारेज गर्ने व्यवस्थासहितको अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि विभिन्न विश्वविद्यालयका उपकुलपतिहरुले राजीनामा बुझाउने क्रम जारी छ।
यसअघि त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिस्ट्रारले राजीनामा दिएका थिए भने। यो क्रममा अब संस्कृत विश्व विद्यालयका उपकुलपति प्रा. डा. धनेश्वर नेपाल पनि थपिएका छन्।
नेपालले २२ गतेबाट लागु हुने गरी शुक्रबार जीनामा बुझाएको प्रधानमन्त्रीको सचिवालयनले जनाएको छ। त्यस्तै विश्वविद्यालय अनुदान आयोग लगायतका निकाय प्रमुखहरुले पनि राजीनामा बुझाएका छन्।
तर अझै केही विश्वविद्यालयका उपकुलपतिहरुले राजीनामा दिएका छैनन्। त्यसोत धेरै क्षेत्रका राजनीतिक नियुक्तिलाई एकैपटक खारेज गर्ने तयारी सरकारले गरेपछि राजीनामा बुझाउनेको संख्या बढ्दो क्रममा रहेको छ।




