Logo
११ असोज २०८३, आईतबार

श्रम संस्कृति पार्टीको वरिष्ठ नेता बन्दै सुदन, आज पार्टी प्रवेश

अक्षरपाटी
२०८३ वैशाख २५ , शुक्रबार ०८:०५ मा प्रकाशित

काठमाडाैं। हर्क साम्पाङ नेतृत्वकाे श्रम संस्कृति पार्टीकाे वरिष्ठ नेताका रुपमा सुदन किराती भित्रिने भएका छन्।

पूर्व माओवादी नेता किरातीलाई वरिष्ठ नेता, उनको पक्षका एक उपाध्यक्ष, एक सचिव र १५ केन्द्रीय सदस्य पाउने सहमति भएको बताइएको छ।

आज काठमाडाैंको बागबजारस्थित हार्दिक होटेलमा एक औपचारिक कार्यक्रम गरेर पार्टी प्रवेश गरिने श्रम संस्कृति पार्टीले जनाएको छ।

किराती पूर्वमाओवादी नेता तथा पर्यटनमन्त्री समेत हुन । जेनजी आन्दोलनपछि माओवादी लोप भएर नेपाल कम्युनिस्ट पार्टी बनेपछि किरातीले असहमति जनाउँदै प्रलोपामा लागे।

जनार्दन शर्माको अगुवाइमा खोलिएको प्रलोपामा किराती पाँच सदस्यीय अध्यक्ष परिषदको एक सदस्य थिए । फागुन २१ को निर्वाचनपछि उनले पार्टी त्यागेर बसेका थिए।

सुदन किराती हर्क साम्पाङ

ट्रेन्डिङ ( साप्ताहिक )