Logo
२५ वैशाख २०८३, शुक्रबार

संघीय संसद सचिवालयमा कर्मचारी युनियन खारेज

अक्षरपाटी
२०८३ वैशाख २५ , शुक्रबार ०२:०५ मा प्रकाशित

काठमाडौं। संघीय संसद सचिवालयले अब कर्मचारी युनियन अस्तित्वमा नरहेको भन्दै औपचारिक सूचना जारी गरेको छ।

सचिवालयको कर्मचारी प्रशासन शाखाले जारी गरेको सूचनामा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३ को अध्यादेश नं. ७ मार्फत संघीय संसद सचिवालय सम्बन्धी ऐन, २०६४ को दफा ७३ संशोधन भएपछि कर्मचारी युनियन सम्बन्धी व्यवस्था हटाइएको विज्ञप्तिमार्फत जनाएको छ।

सूचनाअनुसार ऐन संशोधनसँगै संघीय संसद सचिवालयभित्र कर्मचारी युनियन सम्बन्धी कानुनी व्यवस्था समाप्त भएको हुँदा कर्मचारी युनियन अब अस्तित्वमा नरहेको सचिवालयले स्पष्ट पारेको हो। सचिवालयको २०८३/०१/२४ गतेको निर्णयअनुसार उक्त जानकारी सार्वजनिक गरिएको उल्लेख छ।

शाखा अधिकृत विमल परियारद्वारा हस्ताक्षरित सूचनाले संसद सचिवालयभित्र कर्मचारी संगठनको अधिकार र संरचनामाथि नयाँ बहस सुरु गराएको छ।

कर्मचारी युनियन संघीय संसद सचिवालय