



विराटनगर। नेपाली सांगीतिक क्षेत्रमा नयाँ लोकगीत ‘बाबियो डोरी’ आएको छ। गीतमा शब्द चन्द्र जयपाल राईले लेखेका हुन् भने स्वर परेश राई र मेनुका राईले दिएका छन्। गीतलाई शशि गुरुङले कम्पोज तथा निर्देशन गरेका हुन्।
संगीत संयोजन देवेश राईले गरेका छन् भने रेकर्डिङ राजेश श्रेष्ठले गरेका हुन्। मिक्सिङ तथा मास्टरिङको काम किशोर थापाले गरेका छन्। गीत ‘एक संगीतकार’ स्टुडियोमा रेकर्ड गरिएको हो।
म्युजिक भिडियोमा सोनम तामाङ र अञ्जना राईको अभिनय छ। भिडियोको कोरियोग्राफी उमेश राई (फुलान्देको आमा) ले गरेका छन्। निर्माण व्यवस्थापन भोगेन्द्र याम्फुले सम्हालेका छन् भने निर्माता शिखर राई रहेका छन्।
भिडियोको छायांकन भूपेन्द्र तुम्बाहाङ्फेले गरेका हुन्स। म्पादन अनिल राणाले गरेका छन्। गीत तथा भिडियोले नेपाली लोकसंस्कृति, प्रेम र मौलिकताको झल्को दिने प्रयास गरेको निर्माण टिमले जनाएको छ।
मौलिक शब्द, आकर्षक संगीत तथा उत्कृष्ट अभिनयका कारण ‘बाबियो डोरी’ नेपाली लोकसंगीत प्रेमीमाझ लोकप्रिय बन्ने अपेक्षा गरिएको छ।
बाबियो डोरी



