



काठमाडौं । विश्वकप लिग २ अन्तर्गत नेपाल, स्कटल्याण्ड र अमेरिकाबीच भइरहेको त्रिकोणात्मक शृङ्खला अन्तर्गत आज नेपाल स्कटल्याण्डसँग भिड्दैछ।
गत साता मंगलबार बेहोरेको हारको बदला लिन आज नेपालले स्कटल्याण्डसँग खेल्दैछ।
कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ः३० बजे पछि खेल सुरु हुँदैछ। यो त्रिकोणात्मक शृङ्खलाको पहिलो भेटमा नेपाल स्कटल्याण्डसँग डकवर्थ लुइस मेथडमा २ रनको झिनो अन्तरले पराजित भएको थियो।
तर, शनिबार भएको खेलमा अमेरिकामाथि ९ विकेटको फराकिलो जित हासिल गरेको नेपाल स्टकल्याण्डसँग जितको लयलाई निरन्तरता दिन चाहन्छ।
स्कटल्याण्डले आफ्नो दोस्रो खेलमा अमेरिकाविरुद्ध पनि २ रनको जित हासिल गरेकोमा उ पनि जितको शिलशिला कायम राख्न चाहन्छ।
क्रिकेट नेपाल स्कटल्याण्ड



