



काठमाडौं । श्रम संस्कृति पार्टी ले प्रतिनिधिसभा बैठकमा प्ले कार्डसहित विरोध जनाएको छ । पार्टीका संसदीय दलका नेता हर्क साम्पाङ सहितका सांसदहरूले छातीमा प्ले कार्ड टाँसेर प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुनुपर्ने माग गरेका हुन् ।
सांसदहरूले ‘प्रधानमन्त्री प्रश्नबाट भाग्न पाइँदैन’ भन्ने सन्देशसहित विरोध जनाएका थिए । उनीहरूको मुख्य माग प्रधानमन्त्री बालेन शाह स्वयं संसदमा उपस्थित भएर नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिनुपर्ने रहेको छ ।
यसअघि विपक्षी दलहरूले पनि प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने अडान राखेका थिए । तर, प्रधानमन्त्री अनुपस्थित भएपछि सरकारका तर्फबाट अर्थमन्त्री स्वर्णिम वाग्ले ले जवाफ दिएका थिए ।
प्रतिनिधिसभामा सामान्यतया प्रत्येक महिना प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखिने व्यवस्था भए पनि जेठ र असार महिनाको संसदीय क्यालेन्डरमा उक्त कार्यक्रम समावेश छैन । यही विषयलाई लिएर श्रम संस्कृति पार्टी ले संसदभित्रै प्ले कार्ड प्रदर्शन गर्दै विरोध जनाएको हो ।
विरोधका क्रममा सभामुखले भने सांसदहरूलाई संसदमा प्ले कार्ड प्रदर्शन नगर्न निर्देशन दिएका थिए ।
श्रम संस्कृति पार्टी हर्क साम्पाङ



