Logo
६ जेठ २०८३, बुधबार

प्रधानन्यायाधीश शर्माको नियुक्तिपछि सपना प्रधान मल्ल २० दिन बिदामा

अक्षरपाटी
२०८३ जेठ ६ , बुधबार ११:०५ मा प्रकाशित

काठमाडौं । सपना प्रधान मल्ल २० दिनका लागि बिदामा बसेकी छन्। सर्वोच्च अदालतका प्रवक्ता तथा सह–रजिस्ट्रार अर्जुनप्रसाद कोइरालाका अनुसार मल्लले आफैं कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहँदा बिदा स्वीकृत गराएर बिदामा बसेकी हुन्।

सर्वोच्च अदालतमा वरिष्ठताको पहिलो रोलक्रममा रहेकी मल्ल मनोशकुमार शर्मा प्रधानन्यायाधीश नियुक्त भएपछि असन्तुष्ट रहेको बताइएको छ। संवैधानिक परिषद्ले वरिष्ठताको क्रममा अगाडि रहेका न्यायाधीशहरू कुमार रेग्मी र हरिप्रसाद फुयाल लाई पछि पार्दै शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शर्माले प्रधानन्यायाधीश पदको शपथ ग्रहण गरेका थिए। शपथपछि सर्वोच्च अदालतमा आयोजित स्वागत कार्यक्रममा भने मल्ल उपस्थित भएकी थिइनन्। उनको अनुपस्थितिमा न्यायाधीश कुमार रेग्मीले शर्मालाई स्वागत गरेका थिए।

मल्लले मंगलबारसम्म कायममुकायम प्रधानन्यायाधीशको रूपमा काम गर्दै आएकी थिइन्।

सपना प्रधान मल्ल सर्वोच्च अदालत

ट्रेन्डिङ ( साप्ताहिक )