Logo
८ जेठ २०८३, शुक्रबार

जेठ १४ गते बकर ईदमा सार्वजनिक बिदा

अक्षरपाटी
२०८३ जेठ ८ , शुक्रबार १२:०५ मा प्रकाशित

काठमाडौं । बकर ईदको अवसरमा सरकारले आगामी जेठ १४ गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

गृह मन्त्रालयले बिहीबार सूचना जारी गर्दै बकर ईदका दिन सार्वजनिक बिदा रहने जानकारी दिएको हो ।

मुस्लिम आयोगले यस वर्ष जेठ १४ गते बकर ईद पर्ने जानकारी गराएपछि सोही अनुसार सार्वजनिक बिदा दिने निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए ।

ईद–उल–अज्हा भनेर पनि चिनिने बकर ईद इस्लाम धर्मावलम्बीहरूको प्रमुख तथा महान पर्वका रूपमा मनाइन्छ ।

बकर ईद सार्वजनिक बिदा

ट्रेन्डिङ ( साप्ताहिक )