



काठमाडौं । गृहमन्त्री पदबाट राजीनामा दिएका सुदन गुरुङ पुनः सोही जिम्मेवारीमा फर्किने भएका छन्।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार गुरुङको शपथग्रहण आज दिउँसो ३ बजे तय गरिएको छ। यसका लागि राष्ट्रपति कार्यालयमा आवश्यक पत्राचारसमेत भइसकेको बताइएको छ।
यसअघि सम्पत्ति लगायतका विभिन्न विषयमा विवादमा परेपछि गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि सरकारले उनीमाथि लागेको आरोपबारे छानबिन गर्न समिति गठन गरेको थियो।
छानबिन समितिले गुरुङमाथि लगाइएका आरोप पुष्टि हुने आधार नदेखिएको निष्कर्षसहित प्रतिवेदन बुझाएपछि उनलाई पुनः गृह मन्त्रालयको जिम्मेवारी दिन लागिएको स्रोतको दाबी छ।
गुरुङको पुनरागमनसँगै गृह प्रशासनको नेतृत्व फेरि उनकै हातमा जाने भएको छ।
सुदन गुरुङ


