Logo
७ असार २०८३, आईतबार

रास्वपाको पहिलो महाधिवेशन चितवनमा सुरु, शुभकामना दिन विभिन्न दलका नेता मञ्चमा

अक्षरपाटी
२०८३ असार ७ , आईतबार ०३:०६ मा प्रकाशित

चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशन आइतबार चितवनको भरतपुरमा औपचारिक रूपमा सुरु भएको छ।

पार्टी स्थापना भएपछि पहिलो पटक आयोजित महाधिवेशनलाई रास्वपाले संगठन विस्तार, नेतृत्व चयन र भावी राजनीतिक कार्यदिशा तय गर्ने महत्त्वपूर्ण अवसरका रूपमा लिएको छ।

महाधिवेशन उद्घाटन कार्यक्रम सुरु भएसँगै भरतपुरमा वर्षा भएपछि सहभागीहरूले गर्मीबाट राहत महसुस गरेका छन्। रास्वपाका नेताहरूले वर्षालाई शुभ संकेतका रूपमा व्याख्या गरेका छन्।

महाधिवेशनमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको उपस्थिति रहेको छ। उद्घाटन सत्रमा रास्वपाका सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) र नेपाली कांग्रेसका सभापति गगन थापाले लामो समयपछि एउटै मञ्च सेयर गरेका छन्।

यसैगरी, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन, जनता समाजवादी पार्टी (नेपाल) का अध्यक्ष उपेन्द्र यादव, नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन तथा जनमत पार्टीका अध्यक्ष सीके राउतलगायत विभिन्न दलका नेताहरू महाधिवेशनमा शुभकामना दिन चितवन पुगेका छन्।

रास्वपाले महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्नुअघि पार्टी विधान संशोधन गरिसकेको छ। संशोधित विधानअनुसार १९ पदाधिकारीसहित १५८ सदस्यीय केन्द्रीय कार्यसमिति गठन गरिनेछ।

राष्ट्रिय स्वतन्त्र पार्टी

ट्रेन्डिङ ( साप्ताहिक )