Logo
१९ असार २०८३, शुक्रबार

सात हजार दुई सयले बढ्यो सुनको मूल्य

अक्षरपाटी
२०८३ असार १९ , शुक्रबार ११:०७ मा प्रकाशित

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा भारी वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला सात हजार दुई सय रुपैयाँले बढेको हो। त्यस्तै चाँदीको मूल्य तोलामा १६५ रुपैयाँले बढेको छ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी प्रतितोला चार हजार ६१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला चार हजार ४५० रुपैयाँमा कारोबार भएको थियो ।

मूल्य सुन
यो पनि हेर्नुहोस् : सुनको भाउ तीन लाख नाघ्यो

ट्रेन्डिङ ( साप्ताहिक )