Logo
१० साउन २०८३, आईतबार

किन हुँदैछ सत्याग्रही डा केसीकाे अनशलस्थल बाहिर प्रदर्शन ?

अक्षरपाटी
२०८३ साउन ९ , शनिबार ११:०७ मा प्रकाशित

धनगढी। डा. गाेविन्द केसीले नेपालको मेडिकल शिक्षामा सुधारको विषय उठाउँदै यसअघि गरिएका सत्याग्रहजस्तो २४औं सत्याग्रह हुन सकेन।

उनको अनशनलाई लिएर मिश्रित प्रतिक्रिया आइरहेको छ। अधिकांस सुदूरपश्चिमबासीले उनको अनशनले बल्लबल्ल सहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सुरु हुन लागेको तीन सय शैयाको अस्पताल, चिकित्सा शिक्षाको अध्ययन विथोलिने आशंका गर्दै विरोध थालेका छन्।

उनको अनशन विगतजस्तो नभएर ‘अमुक स्वार्थसमूह’सापेक्षित भएको आरोप सामाजिक सञ्जालहरुमा लगाइएकाे छ। प्रदर्शनकर्ताले पनि विश्व विद्यालय सञ्चालनमा आउनै लाग्दा डा. केसीलाई प्रयोग गरेर स्वार्थ समूहले अरोध सिर्जना गर्न खोजेको आरोप लगाएका छन्।

प्राध्यापक डा. केसीले कैलालीको धनगढीस्थित कृष्ण मन्दिर मन्दिर धर्मशालाको कोठा नं. २११ बाट अनशनर सुरु गरेकापछि धर्मशाला सञ्चालक समितिले नै कोठा छोडन् पत्र नै दिइसकेको थियो।

केसीले अनशन जारी राखेपछि आज धर्मशाला बाहिर स्थानीयले प्रदर्शन गरेका हुन । उनीहरुको माग केसीले अनशन फिर्ता लिनुपर्ने रहेको छ।

उनको अनशनले विश्वविद्यालयमा अस्पताल सञ्चालन र चिकित्सा शिक्षा अध्ययन अन्याैलमा पर्ने आशंका स्थानीयको छ।

केसीले विभिन्न पाँच मागसहित सहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा तत्काल तीन सय शैयाको अस्पताल सञ्चालन, चिकित्सा शिक्षाको अध्ययन थाल्नुुपर्ने र स्वार्थ प्रेरित भएर गरिएको उपकुलपति र रजिष्ट्रारको नियुक्ति खारेज गर्नुपर्ने माग राखेका छन्।

सरकारले शुक्रबार अबेर राति नै केसीले उठाएका माग सम्बोधन गर्न तयार रहेको बताइसकेको छ। शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शुुक्रबार साँझ डा. केसीका सहयोगी र केसीसँग नै फोन संवाद गरेका ती माग पुरा गर्न सरकार तयार रहेको र त्यसका लागि वार्ता टोली गठन गर्ने प्रतिवद्धता गरिसकेका छन्।

अनशनरत केसीको स्वास्थ्य अवस्था पनि जटिल बन्दै गएको सेती प्रादेशिक अस्पतालका चिकित्सक डा. गजेन्द्र दुवालले बताएका छन्।

आज बिहान गरिएको स्वास्थ्य परीक्षणका क्रममा केसीको रक्तचाप ११०/९० र रगतमा सुगरको मात्रा ५० रहेको बताइएको छ।

चिकित्सकले तत्काल सेती प्रादेशिक अस्पतालको आईसीयूमा भर्ना गरी उपचार गर्न सुझाव दिएका छन्। तर डा. केसीले भने विचार गर्ने प्रतिक्रिया दिएका छन्।

केसीको अनशनले तीन सय शय्याको अस्वपताल सञ्चालन, चिकित्सा शिक्षा अध्यापनमै अन्योल भएको र सरकारले माग सम्वाेधन गर्ने बताइसक्दा पनि अनशन नतोडेको भन्दै स्थानीयले प्रदर्शन गरेको बताइएको छ।

डा. गोविन्द केसी धनगढी