Logo
११ भदौ २०८३, बिहीबार

बाढीको विपदबीच तीन विश्वविद्यालयका परीक्षा स्थगित,

अक्षरपाटी
२०८३ भदौ ११ , बिहीबार ०८:०८ मा प्रकाशित

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा देशका विभिन्न क्षेत्रमा देखिएको प्राकृतिक विपद्का कारण शैक्षिक गतिविधि प्रभावित भएका छन्।

विपद्को वर्तमान अवस्थालाई मध्यनजर गर्दै पूर्वाञ्चल विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयले सञ्चालनमा रहेका तथा तय भएका विभिन्न परीक्षा स्थगित गरेका छन्।

पूर्वाञ्चल विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले सूचना जारी गर्दै भोटेकोशी नदीमा आएको बाढीका कारण देशभर असहज परिस्थिति सिर्जना भएकाले विश्वविद्यालयअन्तर्गत सञ्चालन हुने सम्पूर्ण संकायका परीक्षाहरू स्थगित गरिएको जनाएको छ। स्थगित परीक्षाको नयाँ तालिका पछि प्रकाशित गरिने विश्वविद्यालयले जनाएको छ।

त्यस्तै, सुदूरपश्चिम विश्वविद्यालयले पनि प्राकृतिक विपद्का कारण विश्वविद्यालयका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा सञ्चालन हुने छात्रवृत्ति सम्बन्धी परीक्षा तथा प्रवेश परीक्षा अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयले समेत प्राकृतिक विपद्का कारण पूर्वनिर्धारित परीक्षाहरू स्थगित गरेको जनाएको छ।

विश्वविद्यालयले विपद्का कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिक तथा विश्वविद्यालय परिवारप्रति सहानुभूति प्रकट गरेको छ

परीक्षा स्थगित

ट्रेन्डिङ ( साप्ताहिक )