


धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले रसुवाको भोटेकोसी बाढी प्रभावितहरूको राहत, उद्धार तथा खोजतलासका लागि २ करोड पठाउने निर्णय गरेको छ।
मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा बसेको सुदूरपश्चिम प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम उपलब्ध गराउने निर्णय गरेको हो।
त्यस्तै, बाढी प्रभावित क्षेत्रमा घाइते तथा बिरामीहरूको औषधि उपचारका लागि स्वास्थ्य टोली पठाउने निर्णय समेत गरिएको छ।
बैठकले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा गोकर्ण प्रकाश भट्ट तथा सदस्यहरूमा क्रमशः गंगादत्त जोशी र हिरा चन्दलाई नियुक्त गर्ने निर्णयसमेत गरेको छ।
सुदूरपश्चिम प्रदेश सरकार

