



काठमाडौँ । बाढीपहिरोबाट प्रभावित नेपालका लागि भारतले थप ११ टन राहत सामग्री पठाएको छ।
भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले शनिबार सामाजिक सञ्जालमार्फत नेपाललाई थप राहत सामग्री पठाइएको जानकारी दिएका हुन्।
भारतबाट पठाइएको पछिल्लो राहत सामग्रीमा औषधि, फोरेन्सिक सामग्री, टेन्ट, हाइजिन किट, स्लीपिङ ब्याग तथा अन्य अत्यावश्यक सामग्री रहेकाे बताइएको छ।
सो सामग्री भारतीय वायुसेनाको सैन्य विमानमार्फत नेपाल पठाइएको हो।
जयशंकरले नेपाललाई थप ११ टन राहत सामग्री पठाइएको उल्लेख गर्दै नेपालको पुनःस्थापनामा भारतले निरन्तर सहयोग गरिरहने बताएका छन्।
भारतीय विदेश मन्त्रालयका अनुसार पछिल्लो खेपसँगै नेपालका लागि भारतले १३० टनभन्दा बढी राहत सामग्री उपलब्ध गराइसकेको छ।
यस्तै विपदलगत्तै भारतले उद्धार, राहत तथा फोरेन्सिक कार्यमा सहयोग सुरु गरेको थियो। उद्गधारका लागि ५४ जना विशेषज्ञ समेत पठाएको थियो ।
पछिल्लो राहत सामग्री बोकेको विमान नेपालका लागि भारतबाट पठाइएको नवौँ भारतीय वायुसेना उडान हो।
यसअघि पनि भारतले बाढीपहिरो प्रभावित क्षेत्रमा राहत सामग्रीसँगै उद्धार उपकरण र प्राविधिक जनशक्ति पठाउँदै आएको थियो।
जयशंकरले नेपाललाई दिइएको सहयोगलाई भारतको ‘नेबरहुड फर्स्ट’ नीतिअन्तर्गत निरन्तर सहयोगका रूपमा उल्लेख गरेका छन्।
भारतीय सहयोग

