



काठमाडाैं। विवादित अवस्थामै अदालतबाट विदा भएका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ।
उनलाई महाराजगन्जस्थित आफ्नै निवासबाट मध्ये राति पक्राउ गरिएको हो। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको बताइए पनि विस्तृत खुलाइएको छैन।
२०७५ पुस १८ गते सर्वोच्च अदालतको प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालेका जबराविरुद्ध २०७८ फागुन १ गते संसद्मा महाभियोग प्रस्ताव दर्ता भएको थियो।
महाभियोग प्रस्ताव दर्तासँगै निलम्बनमा परेका जबराविरुद्धको प्रस्ताव पारित नभए पनि उनी सर्वोच्च अदालत फर्किन पाएनन् र निलम्बित अवस्थामै उनको कार्यकाल सकिएको थियो।
पक्राउ पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा

