Logo
२१ असोज २०८३, बुधबार

एनवाईईएफ सदस्यलाई नर्भिकमा स्वास्थ्य सेवामा विशेष छुट

अक्षरपाटी
२०८३ असोज २० , मंगलबार ०६:१० मा प्रकाशित

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज र नेप्लिज योङ्ग इन्टरप्रेनर्स फोरम (एनवाईईएफ)बीच स्वास्थ्य सेवा प्रवाहमा सहकार्य गर्ने सम्झौता भएको छ।

सम्झौतासँगै एनवाईईएफका कर्मचारी, सदस्य तथा उनीहरूका परिवारले नर्भिकमा उपचार गराउँदा विभिन्न स्वास्थ्य सेवामा विशेष छुट पाउने भएका छन्। सम्झौताअनुसार एनवाईईएफका कर्मचारी तथा सदस्यले नर्भिकको एम्बुलेन्स, आईपीडी, ओपीडी, आकस्मिक तथा आपत्कालीन सेवा, ट्रमा लगायतका आवश्यक स्वास्थ्य सेवामा सहुलियत प्राप्त गर्नेछन्।

त्यस्तै, एनवाईईएफका सदस्य तथा उनीहरूका परिवारका सदस्य—बुबा, आमा, पति वा पत्नी र दुई जना बालबालिकाले नर्भिकको बेड चार्ज, प्याथोलोजी, रेडियोलोजी तथा कस्टुमाइज्ड हेल्थ प्याकेजमा १० प्रतिशत र फार्मेसी सेवामा ५ प्रतिशत छुट पाउनेछन्।

सम्झौताअनुसार छुट सुविधा लिन एनवाईईएफका कर्मचारी तथा सदस्यले संस्थाको आधिकारिक परिचयपत्र अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्नेछ। नर्भिक र एनवाईईएफबीच भएको यो सहकार्यले उद्यमी तथा उनीहरूका परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सहुलियतपूर्ण रूपमा उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नर्भिक इन्टरनेशनल हस्पिटल

ट्रेन्डिङ ( साप्ताहिक )