Logo
२० असोज २०८३, मंगलबार

कांग्रेस महाधिवेशन : मनोनयन दर्ताका लागि सभागृहमा उम्मेदवारको बाक्लो भिड

अक्षरपाटी
२०८३ असोज २० , मंगलबार १२:१० मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि अहिले दिउँसो १२:३० बजेदेखि मनोनयन दर्ता सुरु हुँदैछ।

मनोनयन पत्र लिन तथा उम्मेदवारी फारम भर्न राष्ट्रिय सभागृहमा प्रतिनिधि र इच्छुक उम्मेदवारहरूको बाक्लो भिड लागेको छ। विभिन्न पदमा उम्मेदवारी दिने तयारी गरेका नेताहरू आफ्ना समर्थकसहित सभागृह पुगेका छन्।

नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले असोज १९ गते सार्वजनिक गरेको संशोधित निर्वाचन कार्यतालिकाअनुसार केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि आज दिउँसो १२:३० बजेदेखि बेलुकी ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ।

यसअघि बिहान ९:३० बजेसम्म मतदाता नामावलीउपर दाबी विरोध गर्ने समय तोकिएको थियो। बिहान ९:३० देखि १०:३० बजेसम्म प्राप्त दाबी विरोधमाथि जाँचबुझ गर्ने र त्यसपछि बिहान ११:३० बजे मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ।

अन्तिम मतदाता नामावली प्रकाशित भएपछि मनोनयन दर्ता सुरु हुनेछ। कांग्रेसको नयाँ नेतृत्वका लागि सभापतिसहित पदाधिकारी र केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता हुने भएकाले आजको मनोनयनलाई महाधिवेशनको महत्वपूर्ण चरणका रूपमा हेरिएको छ।

नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन

ट्रेन्डिङ ( साप्ताहिक )