Logo
२० असोज २०८३, मंगलबार

डा. सन्तोष उपाध्यायले दिए महामन्त्रीमा उम्मेदवारी

अक्षरपाटी
२०८३ असोज २० , मंगलबार ०५:१० मा प्रकाशित

काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता डा. सन्तोष उपाध्यायले पार्टीको १५औँ महाधिवेशनमा महामन्त्री पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

अछाम क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित उपाध्यायले नयाँ पुस्ताको सहभागिता र नेतृत्वलाई कांग्रेसमा बलियो बनाउने उद्देश्यसहित महामन्त्रीमा उम्मेदवारी दिएका हुन् ।

चिकित्सकसमेत रहेका उपाध्यायले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट चिकित्साशास्त्रमा स्नातक गरेका छन् । उनले विद्यार्थी जीवनदेखि नै नेपाल विद्यार्थी संघमार्फत कांग्रेसको राजनीतिमा सक्रिय हुँदै आएका हुन् ।

चिकित्सा पेशासँगै सामाजिक सेवा, सञ्चार तथा खेलकुद व्यवस्थापनका क्षेत्रमा समेत उनी सक्रिय छन् ।

डा. सन्तोष उपाध्याय १५औँ महाधिवेशन

ट्रेन्डिङ ( साप्ताहिक )