Logo
१८ कात्तिक २०८३, बुधबार

बझाङमा जिप दुर्घटना : दुईको मृत्यु, पाँच गम्भीर घाइते

अक्षरपाटी
२०८३ कात्तिक १८ , बुधबार ११:११ मा प्रकाशित

बझाङ । बझाङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ।

बुधबार बिहान करिब १० बजे केदारस्युँ गाउँपालिका–७ काँडाचौरतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ च ४३७६ नम्बरको जिप ब्रेक फेल भएर सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा स्थानीय २७ वर्षीया पविता धामी र ४० वर्षीय गोपाल धामीको मृत्यु भएको बझाङका डीएसपी टेकबहादुर जोराले जानकारी दिए। घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर छ भने एक जनाको अवस्था मध्यम रहेको छ। घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ पठाइएको छ।

प्रहरी घटनास्थलतर्फ गएको र दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। घाइतेहरुको भने स्थानीयले उद्धार गरेर अस्पताल लगेकाे बताइएको छ।

जिप दुर्घटना

ट्रेन्डिङ ( साप्ताहिक )