Logo
१ असोज २०८२, बुधबार

मेयर बालेनलाई ठेला खोसिएकी शर्मिलाको प्रश्न : के यो देश हाम्रो पनि होइन र ?

अक्षरपाटी
२०७९ कात्तिक ३ , बिहीबार १०:१० मा प्रकाशित

काठमाडौं। काठमाडौं महानगरपालिकाले सडकबाट हटाएका व्यवसायीले आफूहरु देशको नागरिक हो कि होइनौं भन्दै प्रश्न गरेका छन्। उनीहरुले सडकको विकल्प नदिए अवज्ञा गर्ने चेतावनी पनि दिए।

महानगरले आतंक सिर्जना गरेर आफ्नो रोजीरोटी खोसेको बताउँदै विकल्प नदिए पुनः सडकमा फर्किने चेतवानी दिएका हुन्।

काठमाडौंका मेयर बालेन्द्र शाहको निर्देशनमा केही दिनअघि थापाथलिबाट ठेला खोसिएकी शर्मिला तामाङले आफूहरुलाई सरकारले विना विकल्प बाँच्ने आधार नै खोसेर अमानवीय व्यवहार गरेको गुनासो गरिन्।

संवाद डबलीमा भएको कार्यक्रममा बोल्दै शर्मिलाले प्रश्न गरिन्, ‘के हामी यो देशका नगरिक होइनौं र ? सरकारले आफै रोजगारीको व्यवस्था गर्नुपर्ने ठाउँमा उल्टै उठिबास लगाउने?’

आफूले रोइकराई गर्दा पनि महानगरले मेयर शाहको आदेश भन्दै आफ्नो ठेला लिएर गएको बताइन्।थापाथलीस्थित प्रसुतीगृहको नजिकै शर्मिलाले ठेलामा सामान बेचेर गुजरा चलाउँदै आएकी थिइन्।

त्यसैगरै हेटौंडा स्थायी घर भएकी बनेपामा गाडामा जुत्ताचप्पल बेच्ने विमला चौलागाईँले सरकारले गरिबको बिहान बेलुका छाक टार्ने आधार पनि चुँडेर लगेको बताइन्।

अर्की पीडित रामेछाप मन्थली घर भएकी सुनिता कार्कीले आफ्नो गाडामा भएको चट्पटे व्यापार नै रोकेपछि बालबच्चा र परिवार कसरी पाल्ने भनेर दुखेसो गरिन्।

नागरिकको अविभावक राज्य नै भक्षक निस्केपछि कस्लाई भन्ने भन्दै भावुक भइन। गाउँको जग्गा जमिन बाँझो राखेर किन फुटपाथमा व्यवसाय गर्नु भन्ने तर्क गर्नेहरुलाई उनले प्रश्न गरिन्, ‘गाउँघरमा हामीले व्यापार, व्यवसाय वा जमिनमा खेती गर्ने वातावरण चाहिँ खोई त ?’

 

काठमाडाैं बालेन्द्र साह

ट्रेन्डिङ ( साप्ताहिक )