काठमाण्डौ,२४ पुस । कोशी प्रदेशको सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का सांसद अम्बरबहादुर विष्ट निर्विरोध निर्वाचित हुनुभएको छ ।
प्रदेशको सभामुखका लागि विष्टको मात्र उम्मेदवारी परेको थियो । आज बसेको प्रदेश सभा बैठकमा उपसभामुख सृजना दनुवारले विष्ट निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो । उहाँको प्रस्तावकमा राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौला र समर्थकमा प्रेमराज थाम्सुहाङ रहेका थिए ।
गएको साउन १६ गते बाबुराम गौतमले सभामुखबाट राजीनामा दिएपछि यो पद रिक्त रहेको थियो ।