Logo
७ पुस २०८१, आईतबार

बैंकिङ कसूर तथा सजाय विधेयक संसदमा पेश

अक्षरपाटी
२०८० फागुन ६ , आईतबार ०४:०२ मा प्रकाशित

काठमाडौं,६ फागुन । प्रतिनिधिसभाको आजको बैठकले ‘बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ। अर्थमन्त्री डा प्रकाशशरण महतले आजको बैठकमा बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयकको प्रस्ताव पेश गरेका हुन्। यो विधेयकमाथि संशोधन प्रस्ताव हाल्न चाहने सांसदलाई ७२ घण्टाभित्र प्रतिनिधिसभा विधेयक शाखामा संशोधन प्रस्ताव बुझाउन भनिएको छ।

बैंकिङ तथा वित्तीय प्रणालीको कारोबारमा हुनसक्ने चेक अनादर जस्ता कसूरजन्य कार्यको अनुसन्धान, अभियोजन र कारबाहीलाई व्यवस्थित तथा प्रभावकारी बनाउन यो ऐन ल्याउन लागिएको हो।

त्यस्तै यस्ता कसूरको सजाय र अदालती प्रक्रियालाई थप सरल एवम् पारदर्शी बनाउन कानुनी व्यवस्था गर्न आवश्यक रहेको भन्दै अर्थ मन्त्रालयले गत असोजमा यो विधेयक दर्ता गरेको हो। बैंकिङ तथा वित्तीय संस्थामा रकम भएको झुट्टा विवरण पेश गरेर अन्य व्यक्तिलाई धोका दिई ठगी गरी सम्पत्ति खाने जस्ता प्रवृत्ति बढेपछि संशोधित कानुन ल्याउन लागिएको हो। प्रतिनिधिसभाको अर्को बैठक फागुन १० गते बिहीबार बिहान ११ बजे बस्नेछ। – रासस