काठमाडौं,१३ जेठ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सडकमा प्रदर्शन गरेको छ। सहकारीको रकम अपचलनमा लामिछाने संलग्न भएकाले छानबिन समिति गठन गर्नुपर्ने र सरकार निरंकुशता उन्मुख भएको भन्दै कांग्रेसका सांसद र भातृ संगठनहरुका नेताहरु आज सडकमा प्रदर्शन गर्दै सभामा सहभागी भएका हुन्।
संसदमा लामिछानेविरुद्ध उत्रिरहेको कांग्रेसले आजबाट सडक संघर्ष थालेको हो। काठमाडौंको प्रदर्शनीमार्गस्थित सडकमा प्रदर्शनमा कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, प्रमुख सचेतक रमेश लेखक,सांसद रामहरी खतिवडालगायतका नेताहरु सहभागी भएका छन्।