Logo
७ पुस २०८१, आईतबार

६ किलो सुन र ४८ लाख नगदसहित एक जना पक्राउ

अक्षरपाटी
२०८१ असार ३ , सोमबार ११:०६ मा प्रकाशित


काठमाडौँ,३ असार । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६ किलो सुन र करिब ४८ लाख नेपाली रुपैयाँसहित आइतबार राती काठमाडौंको बौद्ध तीनचुली क्षेत्रबाट एक जनालाई पक्राउ गरेको छ । ब्युरोका प्रवक्ता एपी होबिन्द्र बोगटीका अनुसार चिनियाँमूलका जस्ता देखिने ती व्यक्तिसँग साथबाट सोनाम गुरुङ नामको नागरिकता फेला परेको छ ।

यसअघि पनि काभ्रे र काठमाडौंबाट नक्कली नागरिकता लिएर सुन तस्करी गर्नेगरेको पुष्टी भएको थियो । अहिले फेरि त्यस्तै प्रकृतिको घटना भएकाले प्रहरीले उक्त नागरिकता नक्कली भएको आशंकामा अनुसन्धान गरिरहेको छ ।