Logo
११ पुस २०८१, बिहीबार

चालकको हड्तालका कारण काठमाडौंका अधिकांश पेट्रोल पम्प बन्द, सरकारी पम्पमा लाइन

अक्षरपाटी
२०८१ असार ३ , सोमबार १२:०६ मा प्रकाशित

काठमाडौँ, ३ असार । पेट्रोलियम मजदुरले गरेको आन्दोलनको कारण काठमाडौँका धेरैजसो पेट्रोल पम्प आज बन्द भएका छन्।

ज्याला बढाउन माग गर्दै पेट्रोलियम मजदुरले आन्दोलन गरेका हुन्।

आइतबार आयल निगमसँग भएको वार्ता विफल भएपछि उनीहरु काम बन्द गरेर आन्दोलनमा उत्रिएका छन्।

मजदुरको ज्याला वृद्धिको माग पेट्रोल पम्प र ढुवानी व्यवसायीले सम्बोधन गर्नुपर्ने विषय भएको आयल निगमले जनाएको छ।

निजी पेट्रोलपम्पहरु बन्द हुँदा नेपाल प्रहरी र नेपाली सेनाले सञ्चालन गरेका पेट्रोल पम्पहरुमा आज बिहानैदेखि डिजल र पेट्रोल भर्न सवारी साधनको लामो लाइन लागेको छ।