धनगढी । धनगढीको हसनपुरमा रहेको ब्राईटवे पब्लिक स्कुलले हिन्दु नारिहरुको महान पर्व हरितालिका तीजको पूर्वसन्ध्यामा एक भब्य कार्यक्रमको आयोजना गरेको छ ।
नेपाली मौलिक संस्कृति एवम् रीतिरिवाजलाई संरक्षण एवम् सम्बर्धन गर्ने उद्देश्यले तीजको विशेषता, यससँग सम्बन्धित विभिन्न आयामहरू र यसको महत्व उजागर गर्नको लागि विद्यालय प्राङ्गणमा कार्यक्रम गरिएको थियो ।
विद्यालयले हरेक चाड पर्बबारे बालबालिकालाई जानकारी गराउनेहुँदा हाम्रा मौलिक पर्ब, भाषा,संस्कृति जर्गेनामा निकै राम्रो फाईदा पुग्ने अभिभावकहरुको बुझाइ छ । आफुहरुले बालबालिका लाई कला सस्कृती चाड पर्व बारे जानकारी होस र पछि गएर बालबालिकाले आफ्नो सस्कृतीलाई जोगाउन तर्फ लागुन भन्ने उद्देश्यका साथ हरेक चाड पर्बमा कार्यक्रम आयोजना गर्दै बालबालिका लाई जानकारी दिने गरेको प्राधानाध्यापक कुबेर साउदले जानकारि दिए ।
बिध्यालयमा सबै धर्म र समुदायका बालकालिका अध्ययनरत रहेको हुँदा यस्ता खालका चाडबाडले बालबालिका र उनिहरुका अभिभाबक बिचमा पनि सामाजिक सद्भाव कायम राख्न मदत हुने प्राधानाध्यापक साउँद बताउँछन ।
ब्राईटवे पब्लिक स्कुल पछिल्लो समय पढाई सङ्गै अन्य क्रियाकलापमा समेत राम्रो गर्दै आएको छ ।