Logo
६ पुस २०८१, शनिबार

श्रीलंकाका प्रथम कम्युनिष्ट राष्ट्रपति अनुराले लिए शपथ

अक्षरपाटी
२०८१ असोज ७ , सोमबार १२:०९ मा प्रकाशित

काठमाडौं। श्रीलंकाका नवनिर्वाचित प्रथम कम्युनिष्ट राष्ट्रपति अनुरा कुमारा दिसानायकेले शपथ लिएका छन्।

श्रीलंकाली अखबार दी आइल्याण्डका अनुसार हिजो दोस्रो चरणको चुनावी गणनामा जानु परेकोले शपथ समारोहमा एक दिन ढिला भएको हो। आजै १५ जना मन्त्रालयका सचिवहरू पनि नियुक्त गरिएको छ।

भ्रष्टाचारविरोधी अभियान, सन् २०२२ को प्रदर्शनको नेतृत्व र गठबन्धन बनाएर उठेका अनुराले ५७ लाखभन्दा धेरै मत ल्याएर चुनाव जितेका हुन्।

सन् २०१९ को चुनावमा भने उनी तेस्रो भएका थिए। त्यो चुनावमा उनले ४ लाख १८ हजार बढी मत ल्याएका थिए।