Logo
२९ साउन २०८३, शुक्रबार

सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त, आजै शपथ

अक्षरपाटी
२०८३ साउन २९ , शुक्रबार १२:०८ मा प्रकाशित

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता खगराज भट्ट नियुक्त भएका छन् ।

प्रदेश प्रमुख नजिर मियाँले भट्टलाई शुक्रबार सुदूरपश्चिम प्रदेश सरकारको पाँचौँ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

भट्टले शुक्रबार बिहान प्रदेश प्रमुखको कार्यालय, धनगढी पुगेर मुख्यमन्त्री पदका लागि दाबी पेस गरेका थिए । उनको दाबीमा नेकपा एमाले संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले समर्थन गरेका थिए ।

दाबी पेस गरेपछि प्रदेश प्रमुख मियाँले भट्टलाई मुख्यमन्त्री नियुक्त गर्दै नियुक्तिपत्र प्रदान गरेका हुन् ।

नवनियुक्त मुख्यमन्त्री भट्टले शुक्रबार नै पद तथा गोपनीयताको शपथ लिने भएका छन् । मुख्यमन्त्रीसहित नवनियुक्त मन्त्रीहरूको शपथ दिउँसो ३ बजे प्रदेश प्रमुखको कार्यालयमा हुने कार्यक्रम तय गरिएको छ ।

भट्टको नियुक्तिसँगै सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको छ ।

खगराज भट्ट सुदूरपश्चिम प्रदेश