Logo
७ पुस २०८१, आईतबार

सुनको भाउ तोलामा १४०० ले बढ्यो

अक्षरपाटी
२०८१ असोज २९ , मंगलबार ११:१० मा प्रकाशित

काठमाडौं । दशैंपछि सुनको भाउ तोलामा १४ सय रुपैयाँ बढेको छ।

दशैंअघि असोज २३ गते सुन प्रतितोला १ लाख ५९ हजार १ सय रुपैयाँ रहेको सुन आज मंगलबार १ लाख ६० हजार ५ सय रुपैयाँ पुगेको छ।

असोज १८ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ६१ हजार ३ सय रुपैयाँ पुगेको थियो।

त्यस्तै चाँदी प्रतितोला २५ रुपैयाँ बढेको छ। दशैंअघि २३ गते प्रतितोला १९०० रुपैयाँ रहेको चाँदी आज १९२५ रुपैयाँ कायम भएको छ।