काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य थप वृद्धि भएको छ । अघिल्लो दिन तोलामा १५ सय रुपैयाँले मूल्य बढ्दै एक लाख ६८ हजार ५ सय रुपियाँमा कारोबार भएको सुनको मूल्य आज थप २२ सय रुपियाँले बढेको हो ।
स्थनीय बजारमा आज छापावाला सुन प्रतितोला एक लाख ७० हजार ७ सय रुपियाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य पनि आज तोलमा १५ रुपियाँले बढ्दै २१ सय २० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदी प्रतितोला २१ सय ५ रुपियाँमा कारोबार भएको थियो ।
मूल्यवृद्धि सुन