Logo
७ पुस २०८१, आईतबार

आलोचनाबाट नडराउन ओलीलाई देउवाको सुझाव

अक्षरपाटी
२०८१ कात्तिक १७ , शनिबार ०४:११ मा प्रकाशित

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्रमा आलोचनालाई स्वभाविक रुपमा लिनुपर्ने बताए।

उनले सरकार अन्य पार्टीले गरेको आलोचनाबाट डराउन नहुने विचार राखेका छन् ।

नेपाली कांग्रेसले आज भक्तपुरमा गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, ‘प्रजातन्त्रमा आलोचना हुने स्वभाविक कुरा हो। त्यसलाई खराब मान्ने कुरा छैन।’

उनले यो कुरामा ओलीजीलाई इन्करेज गर्ने बताए।

उनले आलोचनाबाट नडराउन प्रधानमन्त्री ओलीलाई उत्साहित गराउने पनि बताए।

सभापति देउवाले अहिले संयुक्त सरकार बनेको र यो सरकारप्रति देशभरका पार्टी कार्यकर्ताहरु सन्तुष्ट रहेको आफूले पाएको दाबी गरे।

गठबन्धनमा कुनै समस्या आए कांग्रेस त्यसको समाधानका लागि तयार रहेको समेत उनले बताए ।