Logo
२१ जेठ २०८२, मंगलबार

आज होटल याक एन्ड यतिबाट सार्वजनिक हुँदै एमालेको घोषणापत्र

अक्षरपाटी
२०७९ कात्तिक १५ , मंगलबार ०८:११ मा प्रकाशित

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले  आम निर्वाचन–२०७९ का लागि चुनावी घोषणापत्र आज सार्वजनिक गर्ने भएको छ।

पार्टीको केन्द्रीय सदस्य एवं प्रचार र तथा प्रकाशन विभागका अनुसार आज दिउँसो होटेल होटल याक एन्ड यतिमा घोषणापत्र सार्वजनिक गर्न लागिएको हो।

एमालेले घोषणापत्रको सार्वजनिकीकरणका क्रममा अध्यक्ष केपी शर्मा ओलीले ‘लाइभ डिबेट’ गर्ने कार्यक्रम छ।

एमालले ‘समृद्ध नेपाल:सुखी नेपाली’को संकल्पलाई आत्मसात् गर्दै देशको विकास र समृद्धि नै मूल विषय भएर घोषणापत्र आउने जनाएको छ।

एमाले अध्यक्ष ओलीको संयोजकत्वमा घोषणापत्र सुझाव समिति बनेको थियो।

एमाले घोषणापत्र