Logo
१२ जेठ २०८३, मंगलबार

नारायणीमा डुंगा पल्टिँदा तीन जनाको मृत्यु

अक्षरपाटी
२०७९ कात्तिक १५ , मंगलबार ०९:११ मा प्रकाशित

कावासोती। पश्चिम नवलपरासीको सुस्तास्थित नारायणी नदीको घोलमा डुंगा पल्टिँदा तीन जनाको मृत्यु भएको छ।

वनभोज खाएर फर्किँदै गरेका युवा चढेको डुंगा सुस्ता गाउँपालिका–४ को नर्सहीस्थित नारायणी नदीको घोलमा सोमबार पल्टिँदा दुर्घटना भएको पश्चिम नवलपरासी प्रहरी प्रमुख ऋषिराम कँडेलले जानकारी दिए।

उनका अनुसार डुंगा दुर्घटना हुँदा सुस्ता –४ का २२ वर्षीय गुड्डु हरिजन, सोही स्थानका १८ वर्षीय नीरज हरिजन र १८ वर्षीय रञ्जित गुप्ताको मृत्यु भएको हो।

डुंगामा सवार दुई जना नदीमा डुबेर घाइते भएका छन्। घाइते हुनेमा २२ वर्षीय किशोर हरिजन र सोहित सहानी छन्। उनीहरूलाई उपचारका लागि भैरहवा लगिएको छ।

डुंगा दुर्घटना नारायणी

ट्रेन्डिङ ( साप्ताहिक )