Logo
१९ असार २०८२, बिहीबार

फिल्म फेयर ओटीटी अवार्ड-२०२४ : मनीषा कोइरालालाई

अक्षरपाटी
२०८१ मंसीर १७ , सोमबार १०:१२ मा प्रकाशित

काठमाडौँ । चर्चित अभिनेत्री मनीषा कोइरालाले फिल्म फेयर ओटीटी अवार्ड्स २०२४ जितेकी छिन।

उनले ‘हीरामन्डी’ मा दिएको उत्कृष्ट प्रदर्शनका लागि महिला, ड्रामा श्रेणीमा सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड जित्न सफल भएकी हुन्।

अवार्ड पाएसङ्गै मनीषाले फेसबुकमा निर्माण टिमलाई धन्यवाद दिएकी छ्न। ‘मलाई जीवनभरको भूमिका दिनुभएकोमा भन्साली प्रोडक्सनलाई धन्यवाद’ उनले लेखेकी छिन्।

मे १ बाट नेटफ्लिक्समा स्ट्रीमिङ भएको यस वेव सिरिजलाई निकै रुचाइएको थियो। यसमा मनिषासहित सोनाक्षी सिन्हा, अदिति राव हैदरी, ऋचा चड्डा, ताना शाह बदुशा, सञ्जिदा शेख र शर्मिन सहगलको पनि अभिनय छ।

सञ्जय लीला भन्साली निर्देशित यस वेब सिरिजमा हीरामन्डी नामक ठाउँमा बस्ने यौनकर्मीहरुको कथालाई समेटिएको छ।