Logo
२१ पुस २०८१, आईतबार

सेयर बजारमा उच्च गिरावट, नेप्से २७ सयमुनि

अक्षरपाटी
२०८१ मंसीर २३ , आईतबार ०३:१२ मा प्रकाशित

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४५.९३ अकंले घटेर २६८९ बिन्दुमा कायम भएको छ । आज ३२१ कम्पनीको एक करोड ७३ लाख ९२ हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ४६ करोडको कारोबार भएको छ ।

बजार घट्दा नेप्से उपसमूहमा रहेका सबै समूह राताम्मे भएका छन्। सर्वाधिक गिरावट जीवन बीमा समूहमा देखिएको छ। यो समूह ३.०७ प्रतिशतले घटेको छ। आज बजारमा २७ कम्पनीको मात्रै सेयरमूल्य बढेको छ भने २१४ कम्पनीको सेयरमूल्य ओरालो लागेको छ। यो दिन ३ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।

घटेको बजारमा खानीखोला हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। यो कम्पनीको सेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ।

यो दिन ४ कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ। मानुषी लघुवित्त, लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) र जोशी हाइड्रोपावरको शेयरभाउ १० प्रतिशत तथा सामुदायिक लघुवित्तको सेयरमूल्य ९.९७ प्रतिशतले घटेको छ। आज उच्च कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ। यो कम्पनीको ३२ करोड ६४ लाख रुपैयाँ बढीको सेयरमूल्य कारोबार भएको छ।

नेप्से