Logo
२१ पुस २०८१, आईतबार

५ वर्ष सम्म टिक्ने प्रधानमन्त्रीको खाँचो छ : महामन्त्री शर्मा

अक्षरपाटी
२०८१ पुस १६ , मंगलबार ०३:१२ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले देशमा पाँच वर्ष टिक्ने प्रधानमन्त्रीको खाँचो रहेको बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा शर्माले संसदमा विकल्प रहुन्जेल पाँच वर्ष कसैले भंग गर्न नसक्ने भन्दै अब पाँच वर्ष स्थिर रहने प्रधानमन्त्रीको खाँचो रहेको बताए।

संविधान संशोधन गर्दा उपराष्ट्रपतिलाई राष्ट्रिय सभाको अध्यक्ष बनाउनु ठूलो कुरा नभएको भन्दै शर्माले कोही प्रधानमन्त्रीले पाँच वर्ष निरन्तर शासन चलाउने व्यवस्थाको खोजी गर्नुपर्ने बताए। सरकारमा जाने अधिकार पहिलो दललाई मात्रै रहने व्यवस्था बनाउनुपर्ने उनको भनाइ छ।

उनले कांग्रेस पार्टीमा नेतृत्व लिन खोज्नेको अभाव देखिएको बताए। सभापति शेरबहादुर देउवाले धेरै काम गरिरहेको अवस्थामा अब त्याग गर्न बाँकी रहेको र त्यही सुझाव आफूले दिएको उनको भनाइ छ। शर्माले सरकारको आगामी नीति तथा कार्यक्रममा तीन सिफ्टमा काम गर्ने गरि योजना बनाउनुपर्ने सुझाव दिए। उनले मेलमिलापको नीति अनुसार नै माओवादीलाई कांग्रेसले शान्तिपूर्ण राजनीतिमा ल्याएको जिकिर गरे।

नेपाली कांग्रेस