Logo
२६ पुस २०८१, शुक्रबार

१८ अंकले घट्यो नेप्से, कारोबार भने ७ अर्ब रुपैयाँ नाघ्यो

अक्षरपाटी
२०८१ पुस २५ , बिहीबार ०४:०१ मा प्रकाशित

काठमाण्डौ । शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । अघिल्ला ६ कारोबार दिन बढेको शेयर बजार परिसूचक नेप्से आज १८ दशमलव १४ अङ्कले घटेर दुई हजार ६ सय ३५ दशमलव शून्य नौ विन्दुमा झरेको छ ।

आज होटल बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, फाइनान्स, बीमा, उत्पादन, माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज सप्तकोशी विकास बैंकको शेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटेको दिन बाराही हाइड्रोपावर र हिमालयन पावर पार्टनर कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

नेप्से घटेको दिन कारोबार रकम भने सात अर्ब रुपैयाँ नाघेको छ । आज तीन सय आठ वटा कम्पनीका एक करोड ५७ लाख कित्ता शेयर सात अर्ब ३० करोड रुपैयाँमा कारोबार भएको छ । अघिल्लो कारोबार दिन हिजो ६ अर्ब ४० करोड रुपैयाँको शेयर किनबेच भएको थियो ।

नेप्से