Logo
२३ माघ २०८१, बुधबार

अमेरिकाको वाशिङटन डिसीमा ६० जना सवार विमान र हेलिकोप्टर ठोक्किए

अक्षरपाटी
२०८१ माघ १७ , बिहीबार ११:०१ मा प्रकाशित

काठमाडौं । अमेरिकाको वाशिङटन डिसीमा हेलिकप्टरसँग ठोक्किएर अमेरिकी एयरलाइन्सको एक विमान दुर्घटना भएको छ ।

रोनाल्ड रेगन विमानस्थल नजिक ६० जना यात्रु सवार विमान र हेलिकोप्टर ठोक्किएका हुन् । एक भिडियोमा नजिकैको नदीमाथि विमान र हेलिकोप्टर ठोक्किएर विष्फोट भएको देखिन्छ ।

दुर्घटनापछि विमानस्थल बन्द गरिएको छ ।

ठोक्किएको हेलिकप्टरमा अमेरिकी सेनाका तीन जना सवार थिए । विमान र हेलिकप्टरमा सवार यात्रुको अवस्था थाहा हुन सकेको छैन । नजिकैको नदीमा खोजी भइरहेको छ ।

६० यात्रु र चालकदलका चार सदस्य सवार उक्त विमान क्यान्सास राज्यको विचिटाबाट उडेको थियो ।

वाशिङटन डिसीको रोनल्ड रेगन विमानस्थलको धावनमार्ग ३३ मा अवतरण गर्ने तयारीका क्रममा हेलिकप्टरसँग आकाशमा ठोक्किएको र पोटोम्याक नदीमा खसेको अमेरिकाको संघीय नागरिक उड्डयनले जनाएको छ ।

विमान र हेलिकोप्टरमा सवार व्यक्तिहरुको अवस्था थाहा हुन सकेको छैन ।