Logo
१३ असोज २०८३, मंगलबार

सेयर बजारमा भारी गिरावट, १९८ कम्पनी राताम्मे

अक्षरपाटी
२०८१ फागुन २० , मंगलबार ०३:०३ मा प्रकाशित

काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा भारी गिरावट आएको छ । नेप्से परिसूचक ३०.३६ अंकले घटेर २८४६.३० अंकमा अडिएको छ।

यसदिन ३१८ स्क्रिप्सको २ करोड ६३ लाख ८९ हजार ९१० कित्ता सेयर १२ अर्ब ९४ करोड ६४ लाख ९३ हजार ९३९ रुपैयाँमा खरिदबिक्री भयो। नेप्से परिसूचक घटे तापनि गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर सर्किट लेभलमा कारोबार भयो।

यसैगरी आत्मनिर्भर लघुवित्त, युनिभर्सल पावर, बरुण हाइड्रोपावरको सेयर पनि बढ्यो। यसदिन सिन्धु विकास बैंकका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा हिमालयन रिइन्सुरेन्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको एक अर्ब ९ करोड बढीको सेयर कारोबार भयो।

आज सबै समूहका सूचक घटेका छन्। सबैभन्दा बढी फाइनान्स समूहको सूचक २.१० प्रतिशतले घटेको छ।

नेप्से

ट्रेन्डिङ ( साप्ताहिक )