Logo
६ वैशाख २०८२, शनिबार

७ अंकले बढ्यो नेप्से, सवा ७ अर्बको सेयर किनबेच

अक्षरपाटी
२०८२ वैशाख ३ , बुधबार ०४:०४ मा प्रकाशित

काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ७.१ अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा ०.२६ प्रतिशतले घटेपछि समग्र नेप्से २ हजार ६ सय ९६.२३ अंकमा उक्लेको हो । सो दिन १४७ कम्पनीको सेयर मूल्य बढ्दा ९७ कम्पनीको घट्यो, बाँकी २ कम्पनीको सेयर मूल्य स्थिर रहयो ।

६४ हजार ३ सय ६० पटकको कारोबारमा १ करोड ६६ लाख ११ हजार ५ सय ३२ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ७ अर्ब २६ करोड ५१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम भने घटेको हो । मंगलबार ८ अर्ब ५४ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।

सो दिन कारोबारमा आएका १३ उपसमूहमध्ये वित्त कम्पनी, लघुवित्त, होटेल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, लगानी र अन्यको परिसूचक घटे । बाँकी बैकिङ, विकास बैंक, जलविद्युत्, जीवन बिमा, सामूहिक लगानी कोष, निर्जीबन बिमा र व्यापार उपसमूहको परिसूचक बढेको नेप्सेले जनाएको छ ।

नेप्से