Logo
७ वैशाख २०८२, आईतबार

जनमतले सरकारलाई भन्यो- शिक्षकहरूसँग तत्काल वार्ता गरियोस्

अक्षरपाटी
२०८२ वैशाख ७ , आईतबार ०३:०४ मा प्रकाशित

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले चैत २० गतेदेखि आन्दोलनरत शिक्षकहरूसँग तत्काल वार्ता थाल्न सरकारसँग माग गरेको छ।

जनमत पार्टीले आइतबार विज्ञप्ति जारी गर्दै आन्दोलनत शिक्षकहरूसँग नेपाल सरकारले तत्काल वार्ता गरी न्यायोचित मागहरु सम्बोधन गर्न आग्रह गरेको हो।

‘नेपाल शिक्षक महासंघले २०८१ माघ २१ गतेदेखि निरन्तर हालसम्म काठमाडौंमा शैक्षिक सडक आन्दोलन गरिरहेको सर्वविदितै छ। नेपाल सरकारको शिक्षा नीति, ऐन, कानून र शिक्षा क्षेत्रमा देखा परेका विकृति र अन्यौलता अन्त्य गर्नु पर्ने आवश्यकता देखिन्छ,’ जनमत पार्टीका प्रवक्ता शरद सिंह यादवले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आन्दोलनत शिक्षकहरूसँग नेपाल सरकारले तत्काल वार्ता गरी न्यायोचित मागहरु सम्बोधन गर्दै शिक्षा ऐन समेत जारी गरिदिनु हुन जनमत पार्टी नेपाल सरकारसँग माग गर्दछ।’

नेपाल शिक्षक महासंघको अगुवाइमा भइरहेको जारी आन्दोलनमा शिक्षकहरूले यसअघि सरकारले गरेको सहमति कार्यान्वयनको माग गरेका छन्। उनीहरूले विद्यालय शिक्षा ऐन जारी नभएसम्म विद्यालय नफर्कने अडान पनि राख्दै आएका छन्।

जनमत पार्टी सिके राउत