काठमाडौं । सत्ता साझैदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको सत्ता गठबन्धनमा कुनै समस्या नरहेको बताएका छन् । शुक्रबार थाइल्यान्ड भ्रमण सम्पन्न गरी फर्कने क्रममा देउवाले अहिलेको गठबन्धन टिक्ने बताए ।
थाइल्यान्डबाट फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संक्षिप्त प्रतिक्रिया दिँदै देउवाले सत्ता समीकरण परिवर्तन हुने कुरा आफूलाई थाहा नभएको पनि बताए । कसले गठबन्धन फेरिन्छ भनेको हो जानकारी नभएको उनले बताए ।
‘सत्ता समीकरण परिवर्तन हुने कुरा कसले भनेको हो थाहा छैन,’ उलने भने, ‘गठबन्धनमा केही पनि भएको छैन । जसरी पनि टिक्छ ।’
नेपाली कांग्रेस