Logo
१६ जेठ २०८२, बिहीबार

८४ को चुनावमा सबै पालिका र निर्वाचन क्षेत्रबाट उम्मेद्वारी दिनेछौं : हर्क साम्पाङ

अक्षरपाटी
२०८२ जेठ १४ , मंगलबार १०:०५ मा प्रकाशित

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले २०८४ को निर्वाचनमा सबै पालिका र निर्वाचन क्षेत्रहरुबाट उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

साम्पाङले मङ्गलबार एक फेसबुक स्टाटस लेख्दै बेदाग र इमान्दार व्यक्तिलाई उम्मेदवार बनाउने घोषणा गरेका हुन् ।

साम्पाङले फेसबुकमा लेखेका छन्, ‘८४ मा हामी सबै पालिका र निर्वाचन क्षेत्रहरुबाट उम्मेद्वारी दिनेछौं । दाग नलागेका इमानदार र काम गर्न चाहनेहरु हाम्रा उम्मेद्वार बन्नेछन् ।’

उनले यो स्टाटसबाट कस्ता व्यक्तिहरूलाई आफ्नो पक्षमा समेट्नेछन् भन्ने पनि प्रस्ट पारेका छन्। उनको यो घोषणालाई आगामी संसदीय र स्थानीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरूको सञ्जाल विस्तार गर्ने प्रयासका रूपमा पनि लिन सकिन्छ ।

१६ मंसिरमा भएको उपनिर्वाचनमा उनले कीर्तिपुर नगरपालिकाको मेयर पदमा राजमान महर्जन (मानव)लाई समर्थन गरेका थिए ।

हर्क साम्पाङ