Logo
३२ जेठ २०८२, शनिबार

दोहोरो अंकले घट्यो सेयर बजार

अक्षरपाटी
२०८२ जेठ २९ , बुधबार ०३:०६ मा प्रकाशित

काठमाडौं । अघिल्ला दुई दिन लगातार बढेको सेयर बजार बुधवार घटेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक १३.६९ अंक घटेको हो ।

सो गिरावटपछि नेप्से २६६४ अंकमा कायम भएको छ । कारोवार रकम सामान्य घटेको छ । अघिल्लो दिन १० अर्ब १६ करोडको कारोवार भएकोमा आज ९ अर्ब ९० करोडको भयो । ७७ कम्पनीको मूल्य बढ्दा १७० को घट्यो भने एउटाको स्थिर रह्यो ।

आज हाइड्रोपावर बाहेक सबै सेक्टरका सूचक घटेका छन् । हाइड्रोपावर १.१३ प्रतिशत बढ्यो । अघिल्लो दिन सबैभन्दा धेरै ५ प्रतिशत बढेको फाइनान्स आज १।३१ प्रतिशत घट्यो ।

त्यस्तै बैंकिङ ०.५१, विकास बैंक ०.७८, होटल तथा पर्यटन १.०८, लगानी १.०७, जीवन बीमा ०.८४, उत्पादन तथा प्रशोधन ०.६१, माइक्रोफाइनान्स ०.४१, निर्जीवन बीमा ०.७१, अन्य १.५७ र व्यापार समूह ०.९२ प्रतिशत घटे ।

तीन हाइड्रोपावर कम्पनी पियोर इनर्जी, सिनर्जी पावर र बुटवल पावरको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै रिभर फल्स पावरको ७.६४, गुराँस लघुवित्तको ७.१४ तथा श्री इन्भेस्टमेन्ट फाइनान्सको ६.०७ प्रतिशत मूल्य बढ्यो । सप्तकोशी विकास बैंकको ४.८३, स्वाभिमान लघुवित्तको ३.९४ तथा बोटलर्स नेपाल बालाजुको ३.८९ प्रतिशत मूल्य घट्यो ।

आज धेरै कारोबार भएका पाँच कम्पनीमा राधि विद्युत्, सानिमा माइ हाइड्रोपावर, बुटवल पावर, युनिभर्सल पावर र चिलिमे हाइड्रोपावर छन् ।

नेप्से