काठामाडौ । सदावहार गीत ‘धोका दियौ तिमीले’ नयाँ भर्सनमा आएको छ।
द भ्वाईस अफ नेपाल सिजन ६ का फस्ट रनरअप रोशन राईको स्वरमा गीतको नयाँ भर्सन सार्वजनिक भएको हो।
लुङ्टो क्रियशनको प्रस्तुति रहेको गीत लुङ्टो क्रियशन युट्युव च्यानलबाट सार्वजनिक भएको छ।
३५ वर्ष अगाडी सार्वजनिक भएको ‘धोका दियौ तिमीले’ गीतलाई प्राज्ञ, वरिष्ठ संगीतकार शान्तिराम राईले संगीत गरेका हुन् ।
गीतका शब्द वरिष्ठ गीतकार बुद्धवीर लामाका हुन्। ३५ वर्ष पुरानो मेल भर्सनमा सरोज कुमार श्रेष्ठको स्वर रहेको थियो भने फिमेल भर्सनमा वरिष्ठ गायिका सुक्मित गुरुङको स्वर रहेको थियो ।
यस गीतलाई देवेश राईले एरेञ्ज गरेका हुन्, भने किश्वर थापाले मिक्सिङ मास्टरिङ गरेका छन् ।
अमर श्रष्ठा स्व विक्रम राई प्रती समर्पित गीतको एडिसनल संगीत विक्रमले नै गरेका हुन् । जहा चर्चित गायिका मेलिना राईको स्वर रहेको छ ।
निर्देशक राजेश पुमा राईले निर्देशन गरेको म्युजिक भिडियोमा एक प्रेमिल जोडीको विछोड र धोकाको कथा देखाइएको छ ।
गीतको भाव अनुसार बनेको म्युजिक भिडियोमा चर्चित अभिनेत्री केकी अधिकारी र गायक स्वयम रोशनको अभिनय देख्न सकिन्छ ।