Logo
१७ असार २०८२, मंगलबार

सानेपा मुख्यालयभित्र कांग्रेस बैठक, बाहिर कार्यकर्ताको प्रदर्शन

अक्षरपाटी
२०८२ असार १६ , सोमबार ०३:०६ मा प्रकाशित

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आजबाट सुरु भएको छ ।

९ महिनापछि बसेको यो बैठकलाई चासोका साथ हेरिएको छ । बैठकमा सहभागी हुन सभापति शेरबहादुर देउवा लगायतका शीर्ष नेता सानेपा पुगेका छन् ।

भातृ संस्थाको म्याद थप, सरकारको समीक्षा, क्रियाशील सदस्यता वितरण, समसामयिक राजनीति लगायत विषयमा छलफल गर्न बैठक बसिरहेको हो ।

सँगै पार्टी कार्यालय बाहिर पार्टीका भ्रातृ संगठनहरूले आमरण अनशन र विरोध प्रदर्शन गरिरहेका छन् ।

विद्वान गुरुङको नेतृत्वमा रहेको तदर्थ समिति भंगको माग गर्दै गत आइतबारदेखि आमरण अनशन गरिरहेको छ ।

असन्तुष्ट पक्षले वर्तमान समिति भंग गर्नका लागि ६ बुँदे कारण देखाएको छ । सबै तहको निर्वाचन सकिएको तीन महिना हुँदै गत चैत मसान्तसम्मको अवधिसम्म महाधिवशेन गर्न नसकेको असक्षम रहेको बताइएको छ ।

केन्द्रीय कार्यालयको मूल गेटमा रोजन राई र अम्बिका बाँस्कोटा लगायतले आमरण अनशन गरिरहेका हुन् ।

त्यस्तै विद्यार्थी संगठन नेविसंघका कार्यकर्ताहरू पनि कालो पोशाक लगाएर विरोधमा उत्रिएका छन् । उनीहरूले अधिवेशन कहिले ?, ९ वर्षसम्म अधिवेशन नगर्ने लोकतान्त्रिक पार्टीको अधिवेशन लगायतका नारा लेखिएको प्लेकार्ड बोकेका छन् ।

नेपाली कांग्रेस