Logo
२० असार २०८२, शुक्रबार

अचाक्ली बढ्यो अण्डाको भाउ, तोकिन्छ एक, बजारमा मूल्य फरक

अक्षरपाटी
२०८२ असार १९ , बिहीबार ०९:०७ मा प्रकाशित

काठमाडौं। बजारमा उपभोग्य वस्तु त्यसै छाइनसक्नु छ।

त्यसमाथि घोषित रुपमा हप्तैपिच्छे मूल्य बढाइने गरेको छ। १० दिनअघि बढेको अन्डाको भाउ फेरि बढाइएको हो।

नेपाल लेयर्स कुखुरापालक संघले शुक्रबारदेखि लागु हुने गरी मूल्य बढाउने निर्णय गरेको हो।

संघले अन्डाको भाउ प्रतिक्रेट १५ रुपैयाँ बढाएको जनाएको छ। बढेको मूल्य अनुसार ठूलो अन्डाको भाउ प्रतिक्रेट ४ सय ९५ रुपैयाँ पुग्ने जनाएको छ।

त्यस्तै मिडियम अन्डाको भाउ प्रतिक्रेट ४ सय ६५ रुपैयाँ तोकिएको संघका सचिव मदन पोखरेलले बताए।

तर बजारमा अहिले नै उपभोक्ताले ठूलो अन्डा प्रति क्रेट ६३० र मिडियम अन्डा ५९० देखि ६०० तिर्दै आएका छन्।

उत्पादन कम भएकाले माग बढी हुँदा भाउ बढाउनुपरेको पोखरेलको भनाइ छ। बजारमा मूल्य अचाकली भए पनि सरोकारवाला निकायले भने चासो देखाएको पाइँदैन ।

अण्डा नेपाल लेयर्स कुखुरापालक संघ मूल्यवृद्धि